यी हुन् प्रमुख औषधी व्यवस्थापक पद (एघारौँ तह)मा नाम निकाल्नेहरु
काठमाडौँ, ३ असार – लोकसेवा आयोगले गत २९ र ३० पुसमा सञ्चालन गरेको स्वास्थ्य सेवा एघारौँ तह प्रमुख औषधी व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
एक पदका लागि लिइएको परीक्षामा तीन जनाले नाम निकालेका छन् । नतिजा अनुसार उषा तण्डुकार, नारायणप्रसाद ढकाल र सन्तोष केसीले लिखित परीक्षामा नाम निकालेका हुन् । परीक्षामा भने ११ जना सहभागी भएको आयोगले जनाएको छ ।
आन्तरिक प्रतिस्पर्धा तर्फ रिक्त रहेको सोही समूह र सोही तहको एक पदका लागि भने कसैको दरखास्त नपरेको लोकसेवा आयोगले जनाएको छ ।
लिखितमा उत्तीर्णहरुको अन्तरबार्ता आगामी ४ साउनमा हुने समेत आयोगले सूचनामा जनाएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




