यी हुन् प्रमुख औषधी व्यवस्थापक पद (एघारौँ तह)मा नाम निकाल्नेहरु

काठमाडौँ, ३ असार – लोकसेवा आयोगले गत  २९ र ३० पुसमा  सञ्चालन गरेको स्वास्थ्य सेवा एघारौँ तह प्रमुख औषधी व्यवस्थापक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

एक पदका लागि लिइएको परीक्षामा तीन जनाले नाम निकालेका छन् । नतिजा अनुसार उषा तण्डुकार, नारायणप्रसाद ढकाल र सन्तोष केसीले लिखित परीक्षामा नाम निकालेका हुन् । परीक्षामा भने ११ जना सहभागी भएको आयोगले जनाएको छ ।

आन्तरिक प्रतिस्पर्धा तर्फ रिक्त रहेको सोही समूह र सोही तहको एक पदका लागि भने कसैको दरखास्त नपरेको लोकसेवा आयोगले जनाएको छ ।

लिखितमा उत्तीर्णहरुको अन्तरबार्ता आगामी ४ साउनमा हुने समेत आयोगले सूचनामा जनाएको छ ।

farmesi

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *