चौबिस घण्टामा थप १४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

काठमाडौँ, २४ वैशाख । पछिल्लो चौबिस घण्टामा देशभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ४२० जनाको पीसीआर नमुना परीक्षण गर्दा ११ जनामा र १ हजार ४९६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा २०२ र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन् ।

त्यसैगरी आइसीयू र भेन्टीलेटरमा उपचाररत संक्रमितको संख्या शून्य रहेको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *