कान्तिपुर डेन्टलमा रक्तदान, जम्मा भयो ८० युनिट रगत

128
Shares

_RIO7647

काठमाडौँ, ३२ जेठ – विश्व रक्तदाता दिवशको अवसरमा बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ड जनरल अस्पतालले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

अस्पताल परिसरमा आयोजित कार्यक्रममा कलेजका शिक्षक, विद्यार्थी तथा अस्पतालका कर्मचारी गरि ८० जनाले रक्तदान गरेका थिए ।

जनचेतनाको अभावमा रक्तदान नगर्दा हुने रगत अभावले कतिपयको ज्यान समेत गरेको भन्दै अस्पतालले रक्तदान प्रति जनचेतना जगाउन कार्यक्रम आयोजना गरेको जनाएको छ । त्यसो त यसबर्षको नारा समेत “रगतले हामी सबैलाई जोड्दछ ” भन्ने छ ।

अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रोटर्याक्ट क्लब कान्तिपुर डेन्टल कलेज र ल्यान्स क्लब काठमाण्डौ, माछापोखरी तथा आशाको सहयोगमा सम्पन्न भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *