कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा

52
Shares

कर्णाली, १६ चैत । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्।

हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए। हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ। कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ।

पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ।

रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *