पुर्कोेट समाज कतारद्वारा एम्बुलेन्स सहयोग

132
Shares

ambulance2

कतार, ३२ जेठ – रोजगारीका क्रममा कतारमा रहेका तनहुँ जिल्ला पुर्कोट गाविसका बासिन्दा एकीकृत हुँदै आफ्नो गाउँमा एम्बुलेन्स सञ्चालनमा जुटेका छन् ।

सही समयमा उपचार गराउन नपाउँदा दुःखकष्ट भोग्नुपरेको अवस्थालाई राम्रैसँग अनुभव गरेका पुर्कोटवासीले पहिलो चरणमा रु. छ लाख सङ्कलन गरी नेपाल पठाएका छन् । एम्बुलेन्स राख्न सकिएमा तनहुँका पुर्कोट, वसन्तपुर, चोक चिसापानी लगायत लमजुङका आसपास क्षेत्रमा सेवा पु¥याउन सकिने छ ।

पुर्कोट समाजका अध्यक्ष कृष्ण पाण्डेले अन्य आवश्यक सहयोगका लागि सम्बन्धित निकाय समक्ष पहल गरिदिन नागरिक समाजलाई आग्रह गरे ।    रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *