पुर्कोेट समाज कतारद्वारा एम्बुलेन्स सहयोग
कतार, ३२ जेठ – रोजगारीका क्रममा कतारमा रहेका तनहुँ जिल्ला पुर्कोट गाविसका बासिन्दा एकीकृत हुँदै आफ्नो गाउँमा एम्बुलेन्स सञ्चालनमा जुटेका छन् ।
सही समयमा उपचार गराउन नपाउँदा दुःखकष्ट भोग्नुपरेको अवस्थालाई राम्रैसँग अनुभव गरेका पुर्कोटवासीले पहिलो चरणमा रु. छ लाख सङ्कलन गरी नेपाल पठाएका छन् । एम्बुलेन्स राख्न सकिएमा तनहुँका पुर्कोट, वसन्तपुर, चोक चिसापानी लगायत लमजुङका आसपास क्षेत्रमा सेवा पु¥याउन सकिने छ ।
पुर्कोट समाजका अध्यक्ष कृष्ण पाण्डेले अन्य आवश्यक सहयोगका लागि सम्बन्धित निकाय समक्ष पहल गरिदिन नागरिक समाजलाई आग्रह गरे । रासस