बाजुराको मुक्तिकोटमा प्रोटिन पाउडर पठाउँदै खातुन केयर फाउन्डेशन

408
Shares

काठमाडौँ, १२ चैत । खातुन केयर फाउन्डेशनले बाजुराको मुक्तिकोट गाँउका विपन्न परिवारका लागि प्रोटिन पाउडर पठाएको छ । कुपोषणकै कारण त्यस गाँउमा हरेक वर्ष ४८ भन्दा बढीले ज्यान गुमाउने गरेको समाचार सार्वजनिक भएपछि फाउन्डेशनले तत्कालका लागि २५० बट्टा प्रोटिन पाउडर पठाएको हो ।

केही दिन अघि हामीले समाचार देख्यौँ, त्यसले हाम्रो मन छोयो, त्यस गाँउका लागि तत्कालै केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि मानवीय सहायता स्वरुप केही प्रोटिन पाउडर पठाएका हौँ । फाउन्डेशनका अध्यक्ष डा इमराना खातुनले बताईन् । उनका अनुसार पहिलो खेपमा तीन लाख रुपैयाँ बराबरको पाउडर पठाइएको छ । आवश्यकता अनुसार थप सहयोग गर्ने उनले बताईन् ।

फान्डेशनका संयोजक डा अबुल हुसैन अन्सारीले देशमा जति बेला जे आवश्यक पर्छ त्यसमा ढिलाई नगरी आवश्यक सहयोग गर्ने तत्पर हुने कार्यशैली रहेको भन्दै पछिल्लो कदम त्यसैको उदाहरण भएको बताए ।

‘कहिले देशमा सिटामोलको अभाव हुन्छ, कहिले मास्क र स्यानिटाइजरको, कहिले अरु औषधिको ती सबै विषयमा हामीले पहिले देखि नै सहयोग गर्दै आएका थियौँ । अब फाउन्डेशनका माध्यमबाट सहयोग प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने ।

फाउन्डेशले पछिल्लो समय स्वास्थ्य र मानवीय सेवा क्षेत्रमा काम गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *