७ लाख ६१ हजार फाइजर खोप काठमाडौँ आइपुग्यो

96
Shares

काठमाडौँ, ११ चैत । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान काठमाडौँ आइपुगेको हो ।

अमेरिकी सरकारले नेपाललाई ९२ लाख डोज खोप दिने घोषणा गरेको छ । खोप १२ वर्ष भन्दा माथिका नगरिकलाई दिइने छ ।

नेपालमा हालसम्म ९३.१ प्रतिशतलाई कोराना भाइरसविरुद्धको खोप लगाइएको छ । नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा बढी चीन सरकारले उपलब्ध गराएको छ ।

चीनले हालसम्म् सिनोफार्म कम्पनीको भेरोसेल खोप पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

त्यसैगरी भारत, जापानलगायत देशले पनि नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *