रगतको शुल्क बढी नलिन रेडक्रसलाई स्वयंसेवी रक्तदाता समाजको ध्यानाकर्षण

196
Shares

काठमाडौँ, ८ चैत । गुणस्तरको नाममा रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको व्यापार गर्न पाईदैन भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले नेपाल रेडक्रस सोसाइटीको ध्यानाकर्षण गराएको छ ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको नेतृत्वको टोलीले सोमबार नेपाल रेडक्रस सोसाइटीका प्रमुख कार्यकारी अधिकृत उमेश ढकाललाई भेटेर त्यसबारेमा ज्ञापन-पत्र बुझाएको छ ।

सो अवसरमा रगत र रगत तत्वको परीक्षणका नाममा लिईने शुल्क खारेज गर्ने विषयमा समेत छलफल गरिएको थियो ।

‘रेडक्रसले क्लिया प्रविधिको प्रयोग गरिएको भन्दै कतिपय सेवाग्राहीसंग शुल्क बढी लिएको भन्ने गुनासो बढ्न थाल्यो । गुणस्तर बढ्नुपर्छ । तर शुल्क बढ्नु भएन । बरु शुल्क घटाउनु पर्छ । कुनै पनि वहानामा शुल्क नै लिनु हुँदैन् । भन्ने हाम्रो माग हो,’ समाजका अध्यक्ष कर्माचार्यले भने ।

उनले शुल्कको विषयमा तत्कालका लागि पुरानै शुल्क लिने र घटाउनका लागि पहल गर्ने प्रतिवद्धता रेडक्रसको टोलीले गरेको बताए ।

छलफलमा कार्यकारी रेडक्रसका प्रमुख कार्यकारी अधिकृत ढकाल सहित, केन्द्रीय रक्त सञ्चार सेवाका अप्राबिधिक निर्देशक दिव्यराज पौडेल र उप-निर्देशक डा. प्रकाश यादवको उपस्थिति थियो ।

यस्तै समाजका तर्फबाट कामनपा वडा नं १३ का वडा नगर समितिका अध्यक्ष नीरू महर्जन, १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गी
, २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित,२४ वडा नगर समितिका अध्यक्ष सुरेश सिलाकार,२० वडा नगर समितिका सचिब राजेश मानन्धर,३० वडा नगर समितिका सदस्य राधेश्याम मिश्र त्यसैगरी सदस्य निशान थापा र सुबोध शाक्य लगायतको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *