चौबिस घण्टामा थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

100
Shares

काठमाडौँ, १३ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ५५५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ८ हजार ६२८ जनाको नमुना परीक्षण भएकोमा २७५ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २८० सय रहेको छ ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । आइसीयूमा ९२ र भेन्टीलेटरमा १५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *