स्वास्थ्य सेवा दिवसको अवसरमा सबै जिल्लाले निशुल्क स्वास्थ्य शिविर राख्नु : मन्त्रालय

936
Shares

काठमाडौँ, १२ फागुन । स्वास्थ्य मन्त्रालयले आगामी १५ फागुनमा मनाउन लागिएको चौविसौँ स्वास्थ्य सेवा दिवसमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

बुधबार स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बसेको बैठकले जिल्लास्तरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

बैठकले कोभिड १९ को संक्रमण पूर्ण नियन्त्रण आईनसकेको अवस्था रहेपनि संघ, प्रदेश र स्थानीय तहले विविध कार्यक्रम गरी दिवस मनाउने र स्थानीय परिवेश अनुकुलका सान्दर्भिक कार्यक्रम गरेर दिवस मनाउन समेत स्थानीय पालिका, प्रदेश र जिल्लाहरुलाई निर्देशन दिने समेत निर्णय गरेको छ ।

यसवर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिवद्धता’ राखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *