नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

काठमाडौँ, १९ माघ । नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले बुधबार कोरोनाको नियमित प्रेस ब्रिफिङका क्रममा २४ वा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन र ३ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिइन्।

त्यसैगरी नेपालमा पछिल्लो चौैबिस घण्टामा एन्टीजेन र पीसीआर गरी ११ हजार ५८२ जनाको नमुना परीक्षण गर्दा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यही अवधीमा ७ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन्। भने थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको मन्त्रालयले जनाएकोे छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *