नेपाल अफ्थाल्मिक सोसाइटीको बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ, १९ मंसिर । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने नेत्र विशेषज्ञहरुको साझा संस्था नेपाल अफ्थाल्मिक सोसाइटीको बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोल्टीमोडस्थित होटल ह्यात प्यालेसमा शनिबार भएकोे सो कार्यक्रममा सोसाइटीले ‘एनओएससिओएन’ सम्मेलनको समेत आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. गुणराज लोहनी तथा आँखा बा डा. रामप्रसाद पोखरेलले संयुक्त रुपमा गरेका थिए ।
सो अवसरमा वोल्दै डा. लोहनीले आँखा स्वास्थ्य सरकारको प्राथमिकता प्राप्त क्षेत्र रहेको वताउदै सफल सम्मेलनको कामना गरेका थिए ।
कार्यक्रममा सोसाइटीका अध्यक्ष डा. रोहित सैजुले यस सोसाइटीले हरेक बर्ष आँखा स्वास्थ्यका विभिन्न विषयहरुमा आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने जनशक्तिहरुको क्षमता अविभृद्धी, ज्ञान तथा सिप सम्बन्धि कार्यशाला, सभा, सम्मेलनहरु आयोजना गर्दै आइरहेको बताए ।
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्मेलनको सफलताको कामनासंगै नयाँ पुस्ताले यो क्षेत्रलाई अझ नयाँ उचाइमा लाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेत्र चिकित्सामा विशिष्ट योगदान दिने विशष्ट नेत्र विशषज्ञ डा. देवनारायण शाह तथा डा. जीवन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
“संगसंगै भोलिका लागि” नारा सहित आयोजना गरिएको सम्मेलनमा नेपाल र विदेशका गरि करीव २५० भन्दा वढी नेत्र चिकित्सकहरु सहभागी थिए ।
सम्पर्क इमेल : [email protected]