आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईंदै

काठमाडौं, १६ कात्तिक । आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम मनाइदै छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो दिवस मनाउने गरिएको छ ।

आयुर्वेदका प्रर्वतक धन्वन्तरिका बारेमा विभिन्न धारणाहरु छन । कसैले समुन्द्र मन्थन गर्दा निस्किएका विष्णु भगावनको अवतार, कसैले धन्वका पुत्र काशीराज दिवोदास नै धन्वन्तरि हुन् भन्दछन् ।

जसरी व्याख्या गरे पनि आयुर्वेदका प्रेमीहरु धन्वन्तरिलाई स्वस्थ व्याक्तिलाई स्वस्थ राख्न र रोगी व्याक्तिलाई रोग निराकरण गर्ने क्रममा सधै सम्झिने गर्छन ।

दिवसकै अवसरमा आज नरदेवीस्थित आयुर्वेद चिकित्सालय र आयुर्वेद चिकित्सक संघ लगायत बिभिन्न आयुर्वेद संघ संस्थाहरुमा आरोग्य दिवसको रुपमा धन्वन्तरिको पूजा अर्चना गरी मनाईदै छ ।

यसैबीच  धन्वन्तरि जयन्तीको पूर्वसन्ध्यामा सोमबार आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले गरेको पत्रकार सम्मेलनमा महानिर्देशक डा बासुदेव उपाध्यायले आयुर्वेद र यसका प्रवर्तक धन्वन्तरिको बारेमा विशेष चर्चा गरे । मानव जातीले आफ्नो आहार विहार र निन्द्रा जस्ता व्यवहारलाई ध्यान नदिदा अस्वस्थता बढ्दै गएको बताए ।

स्वस्थ रहने उपाय आफैसंग छ भन्ने कुरालाई मनन गरी प्रत्येक व्यक्तिले संयमित जीवनशैली, उचित आहार विहार योगसन, ध्यान, प्राणायम आदिको माध्यमबाट सामान्य स्वाथ्यको नियमलाई व्यवहारमा उतार्नुपर्ने बताए । उनले स्वस्थ जीवनशैलीको माध्यमबाट नै आरोग्य, आत्मविश्वास र वौद्धिक मनोवल बृद्धि गर्न सकिने बताए ।

कार्यक्रममा डा श्यामबाबु यादवले विभागले स्वस्थ जीवनशैलीका लागि विभिन्न अभियान सुरु गरेको चर्चा गर्दै यसलाई स्थानीय तहसम्म पुर्‍याइएको बताए । उनले देशा सातवटै प्रदेशमा १०० बेडको अस्पताल खोल्ने बताए ।

यस्तै विभागका डा मुनकर्ण थापा, डा सन्तोष ठाकुरलले आयुर्वेद र धन्वन्तरिको चर्चा गर्दै विभागले पछिल्ला समयमा गरेका कामका चर्चा गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *