टिचिङ अस्पतालको करार नर्सको परीक्षा १५ जेठमा ( परीक्षा केन्द्र सहित )
काठमाडौँ ७ जेठ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा लिन लागेको ६० जना स्टाफ नर्सको लिखित परीक्षा आगामी १५ जेठमा लिने भएको छ ।
विहान ९ बजे देखी सञ्चालन हुने परीक्षाका लागि पद्यकन्या क्याम्पस, शंकरदेव क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पसमा परीक्षा केन्द्र तोकिएको छ ।
अस्पतालले एक बर्षे करारका लागि गत १७ बैशाखमा सूचना प्रकाशित गरि दरखास्त आवहान गरेको थियो ।
थप जानकारीका लागि हेर्नुहोस सूचना:
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




