विरामीलाई झुक्याउने १५ जना दलाल पक्राउ

0
Shares

Hatkadiचितवन, ६ जेठ – चितवन प्रहरीले क्यान्सर अस्पतालका आएका विरामीलाई झुक्याउने १५ जना दलाल पक्राउ गरेको छ । पक्राउ पर्नेहरु अस्पतालका वरपर होटल लज तथा फार्मेसी, ल्याव सञ्चालन गर्नेहरु हुन् ।

पक्राउ पर्नेहरुमा बर्ष ६६ का इश्वरीप्रसाद न्यौपाने,वर्ष २४ को राजन गुने, वर्ष ४५ का गंगा प्रसाद जैसी  रहेका छन् । त्यसैगरी वर्ष ३० को राम प्रसाद काफ्ले ४५ को राम प्रसाद काफ्ले , ४७ को भिम प्रसाद चापागाई, वर्ष २२ को बिकास पौडेल ,वर्ष २० को प्रभात शर्मा रहेका छन् । वर्ष २९ को सुन्दर लिम्बु, वर्ष ३१ को टिकाराम लामिछाने, वर्ष ३२ की शोभा लामिछाने,वर्ष ४६ की बसुन्धरा अधिकारी, वर्ष २८ की एका कुमारी लामिछाने,वर्ष २७ की सरिता शर्मा रहेका छन् ।

उनीहरुलाई विरामीका आफन्तको उजुरीका आधारमा उनीहरुलाई दिउसो १ बजे पक्राउ गरिएको थियो । चितवन प्रहरीले सोझा साधा विरामी र तीनका आफन्तलाई ठगेको, अस्पतालबाट भन्दा क्लिनिकमा छिटो रिपोर्ट आउछ भनेर झुक्याएको , अनावश्यक ल्याव टेष्ट गराउने गरेको आरोप लगाएको छ ।

अस्पतालका एक उच्च अधिकारीले विरामीलाई सहयोग गर्ने बहानामा ठग्ने गरेको बताए । ‘खासगरी उनीहरु होटल व्यावसाय गर्छन, कतिपयको फार्मेसी र ल्याव समेत खोलेका छन् । उनीहरुले नयाँ आउने विरामीलाई स्वागत सत्कारका साथ सेवा दिए जस्तो गरी आफ्ना ल्याव र क्लिनिकमा लगेर ठग्ने गरेका छन् ‘ अधिकारीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *