सभामुख सापकोटा सहित सांसदहरुले लगाए कोरोनाबिरुद्धको खोप

काठमाडौँ, १९ फागुन । प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटा लगायत नेता तथा बिभिन्न पार्टीका सांसदहरुले आज कोरोनाबिरुद्धको खोप लगाएका छन् ।
बुधबार बिहान १० बजेदेखि निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा सांसदहरूलाई खोप लगाउने कार्यक्रम सुरु भएको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल, दाहाल नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपाल, सांसद पूर्णाकुमारी सुवेदी, नेकपा नेता देवप्रसाद गुरुङ लगायतले सुरुमै खोप लगाएका छन् । खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित थिए ।
सचिवालयमा कार्यरत सबै कर्मचारी, संसद भवन नयाँ बानेश्वरमा कार्यरत कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय मामिला हेर्ने पत्रकार र त्यससंग सम्वन्धीत सवारी चालक, सांसद तथा मन्त्रीका अंगरक्षकसहित लगायतले खोप लगाउने छन् ।
खोप बुधबार देखि तीन दिन ( १९, २० र २१ फागुन)का दिन विहान १० देखि अपरान्ह ४ बजेसम्म निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा लगाउने व्यवस्था मिलाइएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




