कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु, मृतकको संख्या ७३९ पुग्यो
काठमाडौँ, २ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ३ सय २६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । आइसीयूमा ३ सय १ जना र भेन्टीलेटरमा ६६ जना उपचाररत छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com