उपत्यकाका ५ सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, २० असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ६ जिल्लाका ४ महिला र ५ पुरुष गरी ९ जना हुन् । तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय, चितवनका ७० वर्षीय पुरुष त्यसैगरी काठमाडौँका ५९ र ६० वर्षीया, ललितपुरको ६७ र नवलपरासीको पूर्वको ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गारएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ३ सय ४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *