बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

224
Shares

धरान, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमित परुषको मृत्यु भएको छ ।

धरानका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । यही असोज १६ गते प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *