बीपी प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
धरान, १९ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमित परुषको मृत्यु भएको छ ।
धरानका ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । यही असोज १६ गते प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा पहिलेदेखि नै मिर्गौलाको र हाइपरटेन्सनको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]