सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण

काठमाडौँ, १८ असोज । सर्वोच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टिपछि प्रधान्यायाधीशसहित १७ न्यायाधीश क्वारेन्टाइनमा बसेको सर्वोच्च अदालतद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रधानन्यायाधीशसहित अन्य सबै न्यायाधीश कन्ट्याक्ट ट्रेसिङमा परेकाले उनीहरु क्वारेन्टाइनमा बसेका हुन्।
गत बिहीबार सर्वोच्च अदालतको फुलकोर्टको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित १७ न्यायाधीश सहभागी थिए। सहभागी भएकामध्ये एक न्यायाधीशलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।
सर्वोच्च अदालतमा हाल ३० जनाभन्दा धेरै कर्मचारी क्वारेन्टाइनमा बसेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



