पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो

144
Shares

काठमाडौँ, १४ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकरी अनुसार मृत्यु हुनेमा ५ जिल्लाका २ महिला र ५ जना पुरुष हुन् ।

जसमा काठमाडौँमा ३४ र ३६ वर्षीया महिला, सुनसरीमा ६०वर्षीय, मोरङमा ६० वर्षीय, सप्तरीमा ३९ वर्षीय, काठमाडौँमा ५४ वर्षीय र रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ५७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *