पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो

100
Shares


काठमाडौँ, १२ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप  ४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकरी अनुसार मृत्यु हुनेमा ४ जिल्लाका २ महिला र २ पुरुष हुन् । जसमा भक्तपुरकी ५१ वर्षीया, सुनसरीकी ३८ वर्षीया महिला, बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ७४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *