काठमाडौँका ४ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

0
Shares

काठमाडौँ, ३० भदौ । पछिल्लो चौबिस घण्टामा काठमाडौँका ४ सहित थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा ४ महिला र ७ जना पुरुष छन् ।

मृत्यु हुनेमा काठमाडौँको ८६ वर्षीया, सिराहा ३५ वर्षीया, वारा ५५ वर्षीया, रुपन्देहीको ६५ वर्षीया, महिला, सर्लाहीका ६४ वर्षीय, मकवानपुरका ६१ वर्षीय, वाराका ५५ वर्षीय  कपिलवस्तुका ५८ वर्षीय, काठमाडौँका ३४, ९६ र ६६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने थप १ हजार ६२ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

आइसीयूमा १७४ जना र भेन्टीलेटरमा २८ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *