काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २५ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर डौतमले काठमाडौँमा ९० र ललितपुरमा २ सहित ९२ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ४४ र ललितपुरका १ जनामा संक्रमण देखिएको थियो । यस्तै शुक्रराज अस्पताल टेकुमा काठमाडौँका १८, पाटनमा ५ जना, कोरिया मैत्री अस्पतालमा काठमाडौका १, वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका १ जना र ह्याम्स अस्पतालमा काठमाडौंका ८ जनामा सक्रमण देखिएको छ । यस्तै स्टार अस्पतालमा काठमाडौँका १३ र ललितपुरको १ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ३८० जनामा कोरोना संक्रमण देखिएको छ । आज डिस्चार्च हुनेको संख्या ४० रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *