कर्मचारीलाई २० भदौ भित्र सम्पत्ति विवरण पठाउन स्वास्थ्यको निर्देशन

काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका कार्यलयमा कार्यरत अस्थायी, स्थायी, करार र ज्यालादारीमा कामकाज गरी रहेका कर्मचारीहरुलाई २० भदौ भित्र सम्पत्ति विवरण भरेर पठाउन निर्देशन गरेको छ ।

मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको डाटाबेसमा समेत इन्ट्रि गर्नुपर्ने भएको भन्दै विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषदमा कार्यरत निजामति कर्मचारीबाहेकका सबैलाई विवरण पठाउन भनेको हो ।

यस्तै मन्त्रालयले अस्थायी स्थायी करार तथा ज्यालादारी साथै विकास समिति तर्फका स्थायी कर्मचारीहरुको पद र नाम सहितको विवरण समेत तीन दिन भित्र उपलव्ध गराउन समेत मातहतका सबै कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यस्तो छ निर्देशनात्मक पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *