गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २ साउन । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा, र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परिक्षणमा थप २५ जनामा कोरोना पुष्टि भएको हो । जसमा ५ जना महिला र २० जना पुरुष रहेका छन् ।

संक्रमित मध्ये तनहुँ जिल्लाका ७ जना पूर्व नवलपरासीका १८ जना गरी २५ जना रहेका छन् ।  सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २५६ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ ।

जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *