केन्द्रीय कारागार अस्पतालका नर्समा देखिएन कोरोना

10.7k
Shares

काठमाडौँ, १० बैशाख । कोरोना भाइरसको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुई जना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको हो ।

कारागार अस्पतालमा गत सोमबार ४० गरिएको र्‍यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई मंगलबार टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

रिपोर्ट नेगेटिभ आएसंगै उनीहरुको डिस्चार्ज गर्ने तयारी भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *