चिकित्सक संघ निर्वाचन : महासचिव पदमा डा. दिपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्र बागी कि स्वतन्त्र ?
काठमाडौँ, २८ मंसिर । अघिल्लो निर्वाचनमा नेकपा निकट मानिने चिकित्सकहरुको समूह प्रगतिशील समावेशी प्यानलबाट डा अजयकुमार मिश्र महासचिवको उम्मेद्धार थिए । तर यसपटक उनी स्वतन्त्र रुपमा महासचिव पदमै उम्मेद्धारी दिएका छन् ।
यस्तै प्रगतिशील समावेशी प्यानलले यसपटक डा. दिपेन्द्र पाण्डेलाई उठाउँदै छ भनेर निकै हल्ला गरिएको थियो । तर आज प्यानलबाट डा मधुर बस्नेतले महासचिव पदमा उम्मेद्धारी दिए । डा पाण्डेले भने स्वतन्त्र रुपमा उम्मेद्धारी दिएका छन् । यस हिसावले यसपटक प्रगतिशील समावेशी प्यानलले महासचिव पदमा दुई जना बाँगी उम्मेद्धार पनि पाएको छ भनेर भनेर चिकित्सकबीच चर्चा चल्न थालेको छ ।
यद्धपी प्रगतिशील समूहबाट उम्मेद्धार छनौट गर्ने पदाधिकारीहरु बाँगीको लफडा मिलाएर छाडने बताएका छन् ।
गोदानको अध्यक्ष समेत रहेका महासचिव डा पाण्डेले युवा चिकित्सक माझ चर्चित छन् । प्रगतिशील समूहले उनलाई नै उम्मेद्धार बनाउँछ भन्ने धेरैको अनुमान पनि थियो । तर आज विहान उम्मेद्धारको अन्तिम टुंगो लाग्दा उनी सो समूहबाट महासचिव पदका लागि अटाएनन् ।
‘मैले त समूहबाटै महासचिव पदका लागि दिन्छु भनेकै थिएँ । सबैले हुन्छ भन्नु भएकै थियो । त्यहि अनुसार मैले आफ्नो तयारी सुरु गरिसकेको थिएँ । अन्तिममा समूहबाट नपाएपछि स्वतन्त्र रुपमा उम्मेद्धारी दिने निर्णय गरेको हुँ । मलाई आम तथा युवा चिकित्सकहरुको सहयोग छ । त्यसैले उम्मेद्धारी दिएको हुँ,’ पाण्डेले भने ।
अर्का प्रत्यासी डा मिश्रले पनि आफूले गत निर्वाचनमा पनि उम्मेद्धार भएको र यसपटक पनि आफ्नो हुनुपर्छ भनेरै उम्मेद्धारी दिएको बताए ।
यसअघि कांग्रेस निकट प्रजातान्त्रिक समूहले महासचिवमा डा बद्री रिजाललाइ उठाउने निर्णय गर्दा सो समूहमा निकै लफडा भएको थियो । यद्धपी अहिले सो लफडा टुंगिएको प्रजातान्त्रिक समूहका चिकित्सक बताउँछन् ।
प्रगतिशील समूहले अहिले देखिएको वाँगी उम्मेद्धारी आगामी सोमबारसम्म मिलाउने बताएका छन् । चिकित्सक संघको निर्वाचन समितिले सोमबार दिउसो सम्ममा उम्मेद्धारको दावि विरोध र नाम फिर्ता लिने समय तोेकेको छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

