तारकेश्वर नगरपालिका : महिला स्वास्थ्य स्वयसेविकाका लागि बीमा

160
Shares

काठमाडौँ, २३ मंसिर । तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य र जीवन बीमा गर्ने भएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वयंसेविका खटिनुपर्ने भएकाले उनीहरुलाई काम गर्न थप हौसला मिलोस् भन्ने उद्देश्यले स्वास्थ्य र जीवन बीमा गर्ने निर्णय गरिएको नगर स्वास्थ्य शाखाप्रमुख अरुणकुमार गिरीले बताए । “बीमाले उपचारसँगै उनीहरुमा बचत गर्ने बानीको पनि विकास हुन्छ”, प्रमुख गिरीले भने ।

कार्यक्रमबाट नगरपालिकाका १४४ स्वयंसेविका लाभान्वित हुनेछन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमअन्तर्गत नगरपालिकाले यस बीमाका लागि रु १० लाख विनियोजन गरी काम अघि बढाएको जनाएको छ ।

महिला स्वयंसेविका बिरामी हुँदा एक लाख बराबरको उपचार खर्च बीमाले गर्ने बताइएको छ । नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घरदैलो स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ । यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै चालू आवमा सबै वडामा सञ्चालन गरिने जनाइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *