मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न भोलिसम्मको ‘समयसीमा’

320
Shares

काठमाडौँ, ९ मंसिर । मेडिकल कलेजलाई अतिरिक्त शुल्क फिर्ता गर्न दिइएको समयअवधी सकिदै गर्दा गृह मन्त्रालयमा भावी कदम कसरी चाल्ने भन्ने विषयमा बैठक बसेको छ ।

गृह मन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, गृह सचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महान्यायधीवक्ता अग्नी खरेल लगायतको सहभागिता थियो ।

बैठकले भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज विरुद्ध कारवाही प्रक्रियालाई तिब्रता दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मेडिकल कलेजको अतिरिक्त शुल्कको विषय पहिले देखि नै चर्चामा आएको र सरकारले समस्या समधान गर्न अवधी समेत तोकेको सन्दर्भमा त्यसको सुनुवाई नभए कारवाही प्रक्रियाले गति लिने स्पष्ट भएको बताए ।

‘आज बैठक भएको थियो । सरकारले दिएको समयसिमा सकिदै छ । तर समस्या समाधान भएको देखिदैन । त्यसबारे छलफल भएको हो,’ उनले भने ।

प्रवक्ता शर्माले अतिरिक्त शुल्कको बारेका पछिल्लो समय उजुरी नआएको भन्दै प्रमाणसहित उजुरी दिएको खण्डमा ठगीमुद्धा चलाउन गाह्रो नभएको बताए ।

‘हामीले भनेकै छौँ । बढी शुल्क लिएको छ भने प्रमाण पु¥याएर उजुरी दिनुस हामी ठगीमुद्धा अन्तरगर्त हामी कारवाही अगाडी बढाउँछौँ । यसका लागि कुनै अवधी तोकिएको छैन । जहिले उजुरी पर्छ अनुसन्धान र कारवाही प्रक्रिया त्यसपछि शुरु भईहाल्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *