विश्व एन्टीबायोटिक सचेतना सप्ताह मनाइदै

616
Shares

काठमाडौँ, ५ मंसिर । विश्व एन्टीबायोटिक सचेतना सप्ताह (डब्लुएएडव्लु) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । अलाइन्स अगेन्स्ट एएमआर (एएए)ले गत सोमबारबाट विविध कार्यक्रम गरि सप्ताह मनाउँदै छ ।

एएएले सप्ताहको अवसरमा गत मंगलबार बेलुका त्रिवि शिक्षण अस्पतालमा मैनबत्ति बाली यसको शुरुवात गरेको थियो । बुधबार सोही एलायन्सले त्रिवि शिक्षण अस्पताल परिसरमा क्याम्प खडा गरी एन्टीबायोटिक रेसिस्टेन्स सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको एएएका संयोजक डा सतिशकुमार देवले बताए ।

त्रिबि शिक्षण अस्पतालका विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित रहेको यस संस्थाले हप्ताभरि एन्टिबायोटिक सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्ने उनले जानकारी दिए ।

प्रतेक बर्षको नोभेम्बर १८ देखि २४ सम्म एन्टिबायोटिक प्रतिरोधको बारेमा विश्वव्यापी चेतना बढाउने, एन्टिबायोटिक प्रतिरोधको थप उदय र फैलावटबाट बच्न आम जनता, स्वास्थ्यकर्मीहरू र नीति निर्माताहरूमा राम्रो अभ्यासलाई प्रोत्साहित गर्ने उद्देश्यसहित संसारभरि बिश्व एन्टिबायोटिक सचेतना सप्ताह (डब्लुएएडव्लु) विभिन्न कार्यक्रम गरि मनाइन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *