‘फलोअप’का लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

184
Shares

काठमाडौँ, ३० कात्तिक । गत कात्तिक १२ र १३ गते धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गराएका प्रधानमन्त्री केपी शर्मा ओली आज पुन: ‘फलोअप’का लागि त्यहाँ जाने भएका छन् ।  डायलसिसका क्रममा मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न त्यहाँ जान लागेका हुन् ।

शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत उनले यसबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए ।

‘प्रधानमन्त्रीमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले पनि फलोअपका लागि ग्राण्डी जान लागेको बताए । आज फलोअपका लागि जानुहुने छ । तर कतिवेला हुन्छ । त्यो फिक्स भईसकेको छैन,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *