‘फलोअप’का लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडौँ, ३० कात्तिक । गत कात्तिक १२ र १३ गते धापासीस्थित ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गराएका प्रधानमन्त्री केपी शर्मा ओली आज पुन: ‘फलोअप’का लागि त्यहाँ जाने भएका छन् । डायलसिसका क्रममा मिर्गौलामा राखिएको स्टेन्ट निकाल्न त्यहाँ जान लागेका हुन् ।
शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत उनले यसबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए ।
‘प्रधानमन्त्रीमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईँले पनि फलोअपका लागि ग्राण्डी जान लागेको बताए । आज फलोअपका लागि जानुहुने छ । तर कतिवेला हुन्छ । त्यो फिक्स भईसकेको छैन,’ उनले भने ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



