जाजरकोट : गर्भवतीको हेलिकप्टरबाट उद्धार

180
Shares


जाजरकोट, २८ कात्तिक । जाजरकोटको छेडागाड नगरपालिका–९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ । यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको समन्वयमा कामीको बुधबार बेलुका उद्धार गरिएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा तीन दिनपछि उहाँको उद्धार गरी सुर्खेतस्थित वीरेन्द्रनगर प्रदेश अस्पतालमा भर्ना गरिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *