गुल्मी : स्वास्थ्यचौकी निर्माणका लागि जग्गा प्रदान

156
Shares

गुल्मी, ६ कात्तिक । मनकारी दुई दाजुभाइले आफ्नो गाउँमा स्वास्थ्यचौकी निर्माण गर्न पाँच रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेका छन् । चन्द्रकोट गाउँपालिका–७ अन्तर्गत रुपाकोट निवासी हाल युकेमा कार्यरत दाजुभाइ द्वय तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि रु सात लाख मूल्य बरावरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

गाउँपालिकाअन्तर्गत रुपाकोटमा स्वास्थ्यचौकी भवन निर्माणका लागि स्थानीयस्तरमा कसैले पनि निःशुल्क रुपमा जग्गा प्रदान नगरेपछि भण्डारी दाजुभाइले रु सात लाख लागतमा जग्गा किनेर गाउँपालिकालाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको गाउँपालिकाका अध्यक्ष दोर्णबहादुर खत्रीले बताए ।

उक्त गाउँमा स्वास्थ्यचौकी निर्माणका लागि जग्गा र भवन नहुँदा यतिबेला बाध्यतावश वडा कार्यालय भवनको तल्लो तलामा स्वास्थ्यचौकी र माथिल्लो तलामा वडा कार्यालय सञ्चालन गर्नुपरेको अध्यक्ष खत्रीले बताए । उनले भण्डारी दाजुभाइको उदार हृदयले सामाजिक क्षेत्रमा गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै अब स्वास्थ्यचौकीको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि केन्द्रमा माग गरी चाँडै नै स्वास्थ्यचौकी भवन निर्माण गरिने बताए ।

विदेशमा बसेर खर्चिएको पसिनाबाट कमाएको केही रकमलाई आफ्नो जन्मठाउँमा सामाजिक कार्यमा पनि खर्चिनुपर्र्छ भन्ने उद्देश्यअनुरुप आफूहरुले उक्त सहयोग गरेको जग्गादाता मोतीराजले बताए । रुपाकोटमा स्वास्थ्य संस्थाको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य परीक्षणका लागि आउने बिरामीले समेत लामो समयदेखि समस्या भोग्दै आइरहेका छन् ।  रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *