नेपाल औषधि व्यवसायी सङ्घ धनुषाको अध्यक्ष बने सत्यनारायण

132
Shares

जनकपुर, ३ कात्तिक । नेपाल औषधि व्यवसायी सङ्घ धनुषा जिल्लाको सम्पन्न प्रथम अधिवेशनले सत्यनारायण साहलाई शाखाको अध्यक्ष पदमा चयन गरेको छ ।

चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा रामनाथप्रसाद साह, महासचिवमा तेजनारायण चौधरी, कोषाध्यक्षमा विजयकुमार साह र सचिवमा सरोज राययादव छन् ।

त्यस्तै उपकोषाध्यक्षमा मणिशङ्करप्रसाद साह तथा सदस्यमा विनोद पजियार, चन्द्रभूषणप्रसाद साह र शिवकुमार साह चयन हुनुभएको छ ।

सङ्घका निर्वाचन अधिकृत किशोरी साहका अनुसार प्रारम्भमा विभिन्न पदमा २६ जनाले उम्मेदवारी दर्ता गराएपनि १७ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । आवश्यक पद सङ्ख्यामा मात्र निर्वाचनका लागि मनोनयनपत्र दर्ता रहन गएपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *