मिर्गौला किनबेच गरेको आरोपमा अस्पतालका सिईओ सहित पाँच पक्राउ

964
Shares

काठमाडौँ, २९ असोज ।  एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचविखन तथा अनुसन्धान व्यूरोले निदान अस्प्तालका सीईओ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अस्पतालका सीईओ बिपेन्द्र प्रधान, मिर्गौला ग्रहण गर्ने व्यक्ति शंकरलाल लामा, अस्पतालका कानूनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आले छन् ।

उनीहरुमाथि मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अनुसार अनुसन्धान अघि बढाईएको व्यूरोका प्रवक्ता गोविन्दप्रसाद थपलियाले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *