दमौली : स्वास्थ्य संस्थामा सुत्केरी गराउने बढे

140
Shares


दमौली, ७ भदौ । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउन महिलाको आकर्षण बढेको छ । सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई सरकारले यातायात खर्चस्वरुप राहत रकम उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबुखैरेनी स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी गराउनेको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७४/७५ मा ८६ जनाले सुरक्षित सुत्केरी गराउएको उक्त स्वास्थ्यचौकीमा आर्थिक वर्ष ०७५/७६ मा १०५ जनाले सुरक्षित सुत्केरी गराएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब अगमराज उपाध्यायले जानकारी दिए ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेलाई सङ्घीय सरकारले यातायात खर्चस्वरुप रु दुई हजार उपलब्ध गराउँदै आएकामा आँबुखैरेनी गाउँपालिकाले गत आर्थिक वर्षदेखि थप रु एक हजार उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाको आकर्षण बढेको उपाध्यायले बताए ।

त्यसबाहेक सरकारी स्वास्थ्य संस्थामा नियमित चार पटक गर्भवती जाँच गराउनेलाई थप रु आठ सय र नवजात बच्चाआमा दुवैलाई दुई÷दुई जोर कपडा उपलब्ध गराइएको छ । उपाध्यायका अनुसार सरकारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी गराउँदा हुने सुरक्षाका बारेमा सचेतना बढेका कारण पनि स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला बढेका हुन् ।

पृथ्वीराजमार्गसँगै जोडिएको स्वास्थ्यचौकीमा चौबिसै घण्टा सुत्केरी सेवा सञ्चालन गरिएको छ । जुनसुकै समयमा आए पनि सेवा दिने भएका कारण गाउँपालिका बाहेक गोरखाका केही महिलाले समेत यहाँबाट सेवा लिने गरेका छन् । ठूलो बजार क्षेत्र ओगटेको उक्त स्वास्थ्यचौकीमा कोठा र उपकरणको अभाव भएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *