औषधि व्यवसायी सङ्घ कास्कीमा पन्त

356
Shares

कास्की, १ भदौ । नेपाल औषधि व्यवसायी सङ्घ जिल्ला कार्यसमितिको अध्यक्षमा विक्रम पन्त निर्वाचित भएका छन् । पन्तले प्रतिष्पर्धी सञ्जीव देवकोटा क्षेत्रीलाई पराजित गरी प्रथम अधिवेशनबाट अध्यक्ष बनेका हुन ।

शनिबार राति सम्पन्न मतदानबाट पन्तको पक्षमा १४५ र प्रतिष्पर्धी देवकोटाको पक्षमा १३२ मत परेको थियो । सङ्घको उपाध्यक्षमा धीरज गौतम, महासचिवमा पूर्णबहादुर बस्नेत ‘काजी’, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सचिव निराजन रेग्मी र उपकोषाध्यक्षमा विक्रमराज पहारी निर्वाचित भए । त्यसैगरी तीन सदस्यमा सुमन तिवारी, आशा आले रानामगर र दुर्गाप्रसाद अधिकारी निर्वाचित भएका हुन् ।

यसअघि सङ्घको उद्घाटनसत्रमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले औषधि व्यवसायी नाफामुखी मात्र हुन नहुने भन्दै सामाजिक दायित्वमा ध्यान दिन आग्रह गरे । उनले नागरिकको लागि एकीकृत स्वास्थ्य अभियानबाट बजेटको व्यवस्था गरेको जानकारी दिए ।

औषधि व्यवसायी सङ्घ गण्डकी अञ्चलका अध्यक्ष रामबहादुर केसीले प्रादेशिक संरचनाअनुसार सङ्घले आफ्नो क्षेत्र विस्तार गरेको बताए । व्यावसायिक हकहितको पक्षमा ऐक्यबद्ध भएर सामाजिक उत्तरदायित्व बहन गर्दै सङ्घ अघि बढ्ने उनको भनाइ थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *