झण्डै २० करोडको औषधि बेचेको त्रिवि शिक्षण अस्पताल अक्सिजनमा आत्मनिर्भर

624
Shares

काठमाडौँ, ६ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फार्मेसीले गत आर्थिक बर्षमा १९ करोड ७६ लाख ११ हजार रुपैयाँको औषधि बिक्री गरेको जनाएको छ । अघिल्लो आर्थिक बर्षमा सो अस्पतालको फार्मेसीबाट १४ करोड ३० लाख ७५ हजार रुपैयाँको औषधि विक्री भएको थियो ।

अस्पतालको ३७ औँ बार्षिक उत्सव समारोमा आइतबार बार्षिक प्रतिवेदन सुनाउने क्रममा कार्यकारी निर्देशक प्राडा प्रेम खड्गाले विरामीको सहजता र अस्पतालको आम्दानीलाई समेत प्रभाव पार्ने फार्मेसी सेवालाई थप विस्तार गर्दै लैजाने बताए ।

उनले भने, ‘यसवर्ष फार्मेसी सेवा अझ विस्तार गर्दै अझ बढी क्षमतामा सञ्चालन गर्दै लगिनेछ ।’ उनले अस्पतालको मुल गेटमा निर्माण हुने भवनमा फार्मेसीलाई पूर्ण क्षमतामा विस्तार गर्ने योजना रहेको समेत बताए । त्रिवि शिक्षण अस्पतालको मुल गेटमा नयाँ भवन बन्ने तयारी हुँदैछ ।
अक्सिजनमा आत्म निर्भर
आर्थिक रुपले केही घाटामा भएपनि त्रिवि शिक्षण अस्पताल विरामीका लागि चाहिने अक्सिनमा भने आत्मनिर्भर भएको छ ।

अस्पतालका लागि आवश्यक अक्सिजन आपूर्तिका लागि १ हजार लिटर र ५ सय लिटर क्षमताका २ वटा अक्सिजन प्लान्टहरु जडान भई सेवा सुचारु भइसकेको निर्देशक प्राडा खडगाले बताए ।

उनले अमेरिका नेपाल चिकित्सा फाउन्डेशनको सहयोगमा ५ सय लिटर क्षमताको थप अक्सिजन प्लान्ट जडान भईसकेको छ । यस्तै अक्सिन रिफिलिङ प्लान्ट समेत जडान भइ सेवा शुरु भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *