सर्पदंशबाट सात वर्षीया बालिकाको मृत्यु

52
Shares
भद्रपुर, २३ असार । झापा गाउँपालिका–६ स्थित मदरगाछमा विषालु सर्पको टोकाइले सात वर्षीया बालिकाको मृत्यु भएको छ ।
  वैधनाथ गोसाइँकी छोरी निरुतालाई आइतबार राति २ बजे सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएलगत्तै उनलाई कनकाई नगरपालिकास्थित कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।
बालिकाको उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा तीन सर्पदंश उपचार केन्द्र रहेका छन् ।  रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *