१५ खर्ब ३३ अर्बको राष्ट्रिय बजेट, स्वास्थ्यको भागमा ४.४२ प्रतिशत

360
Shares

 

काठमाडौँ, १५ जेठ ।  सरकारले आर्थिक बर्ष २०७६ ७७ का लागि १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । तर स्वास्थ्यको भागमा भने ४. ४२ प्रतिशत अर्थात ६८ अर्ब ७८ करोड रुपैयाँ मात्रै परेको छ ।

यो रकम गतवर्षको तुलनामा ०.१३ प्रतिशतले बढी हो । गतवर्ष कुल बजेट १३ खर्ब १५ अर्ब ५४ करोड प्रस्तुत हुँदा स्वास्थ्यको भागमा ५६ अर्ब ४१ करोड ९७ लाख अर्थात कुल बजेटको ४.२९ प्रतिशत मात्रै परेको थियो ।

नेपाल जस्तो मुलुकका लागि कुल बजेटको १० प्रतिशत रकम छुट्याउन पर्ने स्वास्थ्यका विज्ञहरुले बताउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले समेत सो धारणा राख्दै आएको छ ।

त्यसो त केही अघिसम्म उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव स्वयंले समेत स्वास्थ्यमा बजेट १० प्रतिशत पुरयाउने बताउँदै आएका थिए । तर परिमाण उनले भने जस्तो आएन । आकारमा गतवर्ष भन्दा केही बढी देखिए पनि प्रतिशतमा खासै बढ्न नसकेको विज्ञहरुको भनाई छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *