अनुसन्धान नै गर्दैनन् नेपालका अधिकाशं स्वास्थ्य अनुसन्धान केन्द्रहरु

काठमाडौँ, ३० चैत । नाममा अनुसन्धान केन्द्र भनेर जोडिएका स्वास्थ्य संस्थाले बर्षमा कम्तीमा २ वटा अनुसन्धान कार्य गर्नैपर्छ । त्यसको रिपोर्ट नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा बुझाउनै पर्छ । तर नेपालमा अनुसन्धानकेन्द्रका नाममा खोलिएका त्यस्ता स्वास्थ्य संस्थाले न अनुसन्धान गर्छन । न त रिपोर्ट नै बुझाउछन् ।

परिषदले स्वास्थ्य अनुसन्धान केन्द्रका रुपमा खोलिएका संस्थाहरुको अनुगमन गर्दा त्यस्तो भेटिएको हो । परिषदका अनुसार कम्पनी रजिष्टार कार्यालयमा कुल ३७० वटा स्वास्थ्यका अनुसन्धान केन्द्र दर्ता भएका छन् । तीमध्ये ८१ वटा मात्रै सञ्चालनमा छन् । सञ्चालमा भएकामध्ये ५० प्रतिशत बढी काठमाडौँमा उपत्यकामा छन् । अनुसन्धान परिषदले सञ्चालनमा रहेका भनिएका ८१ स्वास्थ्य अनुसन्धान केन्द्रमध्ये २१ वटाले मात्रै अनुसन्धान गरेको जनाएको छ ।

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल अनुसन्धान शव्दको दुरुपयोग रोक्न पनि अनुसन्धानमा सहभागी नहुने केन्द्रहरुलाई नाम परिवर्तन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘नामका पछाडी अनुसन्धान केन्द्र जोडेर विभिन्न लाभ लिनका लागि पनि कतिपय उद्धत रहेको देखियो अव यस्तो हुन दिनुहुन्न भन्ने यो अनुगमनको निस्कर्ष हो ।’

परिषदका कार्यकारी अध्यक्ष डा अन्जनीकुमार झाले स्वास्थ्य अनुसन्धानमा राम्रो नैतिक अभ्यास सुनिश्चित गर्न अनुसन्धान संस्थाहरुको अनुगमन गरिएको बताए । उनले नेपालमा पछिल्लो समय अनुसन्धान गर्ने पद्धतीको विकास हुँदै गएको भन्दै नाम मात्रै अनुसन्धान केन्द्र राखेर काम नगर्ने संस्थाहरुले सच्चिनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *