कम्बोडियाली राजा चीनमा स्वास्थ्य जाँच गरि स्वदेश फर्किए

84
Shares

एजेन्सी । कम्बोडियाका राजा नरोद्दोम सिहामोनी, उनकी आमा तथा पूर्व रानी नरोद्दोम मोनिनिथ सिहानुकले नियमित स्वास्थ्य परीक्षण गरी आइतबार स्वदेश फर्किएको कम्बोडियाका अधिकारीले जनाएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उनीहरु तीन हप्ता पहिले चीनको राजधानी बेइजिङ पुगेका थिए ।

राजा सिहामोनीलाई स्वागत गर्न कम्बोडियाका प्रधानमन्त्री सम्देक टेचो हुनसेन, कम्बोडियाली उच्च पदस्थ अधिकारीलगायत कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वेनतिआन नोमपेन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उनको चीन बसाइका क्रममा राजा सिहामोनीले आफ्नो नियमित स्वास्थ्य परीक्षण का साथै चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए ।

पैँसठ्ठी बर्षीय राजा सिहामोनीले आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बर्षको दुई पटक बेइजिङ पुग्ने गर्छन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *