क्षयरोग उन्मूलनका लागि सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री यादव

88
Shares

भक्तपुर, ११ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग उन्मूलनका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढेको बताएका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा आइतबार राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकारले क्षयरोग निको पार्न छुट्टै आधुनिक क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी गरेको बताए ।

उपप्रधानमन्त्री यादवले क्षयरोग लाग्न नदिन पिछडिएका नागरिकमा क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्न सके यसबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्न सकिने बताए । उनले क्षयरोग कम गर्न आवश्यक जनचेतना फैलाउन प्रदेश र स्थानीय तहमा आवश्यक स्वास्थ्य संस्थाको स्थापना गर्ने योजना सरकारले अगाडि सारेको जानकारी दिए। क्षयरोग बेलैमा उपचार गरे निको हुने रोग हो भन्नेसमेत कतिपयले जानकारी नपाएकाले जनचेतना फैलाउनु आवश्यक रहेको उनको भनाई थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *