सरकारी अस्पतालमा कार्यरत ४ नक्कली चिकित्सकमाथि भ्रष्टाचार मुद्धा समेत चल्ने

0
Shares

cib

काठमाडौँ – सरकारी अस्पतालमा कार्यरत चार जना नक्कली चिकित्सक माथि भ्रष्टाचार मुद्धा समेत चल्ने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनीहरुलाई सरकारी सम्पत्तीको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाउने तयारी गरेको छ ।

नक्कली चिकित्सकको आरोपमा सीआईबीले गत माघको तेस्रो साता १३ जना र विहीबार मात्रै थप एक जनालाई पक्राउ गरेको थियो । ती मध्ये ४ जना सरकारी अस्पतालमा कार्यरत रहेका थिए ।

कोसी अञ्चल अस्पतालका तुलसीकुमार महतो, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, सगरमाथा अञ्चल अस्पतालका राजेन्द्रप्रसाद दास र डोटी जिल्ला अस्पतालमा कार्यरत सुजीत कुमार श्रेष्ठ माथि भ्रष्टाचारको मुद्धा चलाउने तयारी भएको हो ।

तिनीहरुमा कोसी अञ्चल अस्पतालका तुलसीकुमार महतो, जनकपुर अञ्चल अस्पतालका सन्तोषकुमार यादव, सगरमाथा अञ्चल अस्पतालका राजेन्द्रप्रसाद दास र डोटी जिल्ला अस्पतालमा कार्यरत सुजीत कुमार श्रेष्ठ छन् ।

नक्कली आरोपमा पक्राउ परेका अन्य चिकित्सक को को हुन ?

 झापाको विएनसी अस्पतालका रामबाबु गिरी, इटहरीको पशुपति मोल अस्पतालका पशुपति चौधरी, विराटनगरस्थित गोल्डेन अस्पतालका मो कमरुल हक, सिराहाका मो अहमद सिद्धिकी, चानसी मेडिकल जनकपुरका कल्याण विश्वास, अतिज मेडिकल हल जनकपुरका भगवान केवट छन् ।

त्यसैगरी रामजानकी डेन्टल क्लिनिकका शैलेन्द्रकुमार महतो , स्वास्थ्य सेवा क्लिनिक कपिलवस्तुका अफजल हुसैन र ग्लोवल अस्प्ताल ग्वार्कोमा कार्यरत श्यामबाबु साह छन् । ती चार सहित यिनीहरुमाथि समेत ठगी मुद्धा गरेको आरोपमा मुद्धादायर गरिसकेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *