आउँदो बर्षका लागि स्वास्थ्य मन्त्रालयले पायो साढे ३४ अर्वको बजेट ‘सिलिङ’

2.2k
Shares

काठमाडौँ, २६ फागुन । सरकारले स्वाथ्य तथा जनसंख्या मन्त्रालयका लागि गतवर्ष भन्दा ४० करोड बढीको बजेट सिलिङ पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक बर्षका लागि संघ अन्तरगर्त ३४ अर्व ४८ करोड ८८ लाखको बजेट सिलिङ पठाएको हो ।

गतवर्ष मन्त्रालय (संघ)का लागि ३४ अर्व ८ करोडको सिलिङ तोकिएको थियो ।

यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक बर्षका लागि पनि छ अर्वको सिलिङ तोकेको छ । गतवर्ष पनि स्वास्थ्य बीमा बोर्डलाई ६ अर्वकै सिलिङ पठाएको थियो ।

चालु आर्थिक बर्षको सात महिनाको अवधीमा आशातित बजेट खर्च भने भएको छैन । यसले गर्दा योजना आयोगले पनि उत्साहजनक रुपमा बजेट सिलिङ नपठाएको सरोकारवाला बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *