उपप्रधानमन्त्रीसंग सरकारी डाक्टरको कुरा मिलेन, आन्दोलन यथावत

956
Shares

काठमाडौँ, ९ फागुन ।  समायोजन प्रक्रियाविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरु शुक्रबार आकस्मिक बाहेकका सेवामा सहभागी नहुने भएका छन् । उनीहरु विहान १० बजे वीर अस्पतालमा जम्मा भई माइतीघर मण्डलामा पुगेर विरोध जनाउने भएका छन् ।

आन्दोलनको नेतृत्व गरेको सरकारी चिकित्सक संघ नेपाल ( गोदान)का अध्यक्ष डा दीपेन्द्र पाण्डेले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवसंगको छलफल समेत निस्कर्षमा नपुगेपछि शुक्रबारको सेवा बहिस्कार गर्ने पूर्वघोषित कार्यक्रम यथावत रहेको बताए ।

‘गोदान र चिकित्सक संघका प्रतिनिधीसमेतको टोलीले आज स्वास्थ्य मन्त्री, राज्यमन्त्री सबैलाई भेट्यौँ तर कुरा सकारात्मक रुपमा अघि बढ्न सकेन । हाम्रो अपेक्षा अनुसार उहाँहरुको पहल देखिएन । त्यसैले आन्दोलन जारी राख्नुको विकल्प भएन,’ गोदानका अध्यक्ष पाण्डेले भने ।

त्यसो त सरकारी चिकित्सकहरु बुधबार पनि सामुहिक विदामा बसेका थिए । उनीहरु विदामा बस्दा अस्पतालको सेवामा सामान्य प्रभाव देखिएको थियो । शुक्रबार सेवा बहिस्कार गर्दा पनि अस्पतालको सेवामा सामान्य प्रभाव भने पर्ने देखिन्छ ।

डा . पाण्डेले स्थानीय तहमा जाने प्रशासन समूहका अधिकृतहरु संघ अन्तरगर्त रहने तर अधिकृत तहकै स्वास्थ्य समूहका डाक्टरलाई स्थानीय तह अन्तरगर्त नै रहेर काम गर्नुपर्छ भन्नु पक्षपात भएको बताए ।

उनले आफूहरुको माग अधिकृत स्तरका डाक्टरलाई संघ अन्तरगर्त राखेर स्थानीय तहमा खटाउनु भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *